शहरी विकास मन्त्री राईले पनि दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं । समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिए लगतै शहरी विकास मन्त्री मोहम्मद इस्तिहाक राईले पनि राजीनामा दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई लाई सम्बोधन गर्दै राईले मन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन् । उनको पार्टी सरकारबाट बाहिरिने घोषणा गरेपछि राईले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

समाजवादी पार्टीका अध्यक्ष यादवले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा यादवले ‘नेपालको संविधानमा संशोधन, परिमार्जन एवम् सुधार गर्नुपर्ने विषय अध्ययन गर्न समिति गठन गर्ने सम्बन्धमा’ भन्दै दुई पृष्ठ लामो प्रस्ताव लगेका थिए ।

उक्त प्रस्ताव प्रधान्मन्त्रीले असहमति जनाएपछि समाजवादी पार्टीबाट सरकारमा सहभागी जनाएका यादव र राईले सरकारको मन्त्री पदबाट राजीनामा दिएका हुँन् ।

समाजवादी पार्टी दुईबुँदे सहमति सहित सरकारमा समेल भएको थियो । उक्त सहमतिबाट सरकारपछि हटेको र सहमतिलाई एकातर्फी रुपमा मोडेकाले नैतिकताका आधारमा राजिनामा दिएको पत्रमा उल्लेख छ ।

प्रधानमन्त्रीका ५ प्रतिप्रश्न जसका कारण उपेन्द्र यादवले राजीनामा दिए !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?