प्रायजसो राती किन रुन्छन् कुकुर ?

एजेन्सी । प्रत्येक धर्ममा आ-आफ्नै नियम र परम्परा हुन्छन् । यस्तै नियम र परम्परा हिन्दु धर्ममा पनि छन् । हिन्दु धर्ममा केहि जीवजन्तुले गर्ने व्यवहारलाई शुभ र अशुभ मान्ने गरिन्छ । त्यसै मध्ये राती कुकुर रुनुलाई हामी अशुभ मान्ने गर्छौ ।

हामीले कहिलेकाँहि रातीको समयमा कुकुर रुने गरेको सुनेका नै छौं । हामीले केहि पटकसम्म उक्त स्थानबाट कुकुरलाई लखेट्छौँ पनि । कुकुर रुनुलाई अशुभको संकेत मान्ने गरिन्छ । तर प्रश्न यो हो किन धेरैजसो रातीको समयमा मात्र कुकुर रुने गर्छ ।

ज्योतिषशास्त्रका अनुसार रातीको समयमा कुकुरलाई आत्मा देखाइदिने भएकोले धेरै रुने गरेको बताइन्छ । तर विज्ञानको कुरा गर्ने हो भने यसको पछाडि धेरै कुराहरु रहेका छन् ।

कुकुर यस कारण राती आफू एक्लै भएपछि साथीलाई बोलाउनको लागि रुने गर्छ । साथै साथीलाई सन्देश पुर्याउनका लागि पनि रुने गरेको वैज्ञानिकहरु बताउँछन् । धेरै समयसम्म रुनुको कारण भने उसले आफू रहेको लोकेशन अन्य साथीलाई दिनु रहेको वैज्ञानिकहरुले बताएक छन् ।

तर, केहि वैज्ञानिकका अनुसार भने कुकुरले आफूलाई शरिरमा पीडा भएपछि रुने गरेको बताएका छन् । यो आफ्नो व्यथालाई अरुमा शेयर गर्ने माध्याम रहेको बताउँछन् । कुकुर यस्तो प्राणी हो जो मानिससँगै हिँड्न रुचाउँछ ।

एक्लोपन उनीहरुलाई कटाउन गाह्रो पर्छ । घर वा बाटो,सडक जताततै कुकुरलाई एक्लोपनको महशुस हुने गरेको अध्ययनको ठहर छ । त्यसैले आउने दिनहरुमा पनि यदि कुुकुुर रोएकोे कसैले पनि थाहा पाएमा खाने कुुरा आदि दिएर शान्त पारौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?