जहाँ १३ देखि १८ वर्षका किशोरीलाई जबरजस्ती गर्भवती बनाइन्छ

एजेन्सी । विश्वमा केहि यस्ता अनौठा परम्परा हुन्छन् जसले हाम्रो होस उड्छ । तर केहि भने यस्ता घटना पनि हुन्छन् जसलाई बिश्वास गर्नै सकिँदैन । यो घटना मात्र अनौठोमा सिमित छैन, घिनलाग्दो कुराहरु पनि यसमा समावेश छन् । यो घटना नाइजेरीयाको हो । नाइजेरीयामा महिलाहरुको अमानवीय व्यवहार गर्ने गरिन्छ ।

१३ देखि १८ वर्षसम्मका किशोरीहरुलाई जबरजस्ति प्रेग्नेन्ट  

नाइजेरीयामा १३ देखि १८ वर्षका किशोरीहरुलाई जबरजस्ति गर्भवती बनाइने गरिन्छ । साथै बच्चा जन्माउन बाध्य बनाइन्छ । उनीहरुले जन्माएको बच्चा छोराछोरी नभएकाहरुलाई बेच्ने गरिन्छ ।

किशोरीहरुको स्वास्थ्यको पर्वाह नगरि फर्ममा जसरी बच्चा जन्माउन लगाइने कुरा पत्ता लागेको छ । किशोरीहरुलाई यस प्रकारको शोषणलाई बेबी फर्मिङ नाम दिइएको छ । साथै यहाँ महिला तथा जनावरलाई एकै किसिमको व्यवहार गर्ने गरिन्छ । महिलाको इच्छा, चाहानाको यहाँ केहि कदर गरिँदैन । उनीहरुलाई बन्दुकले तर्साएर बच्चा जन्माउन बाध्य पारिन्छ ।

यो बेबी फर्ममा लुकेर अस्पताल तथा अनाथालयमा चलाउने गरेको पाइएको छ । कोहि बाध्यताले गर्भवती बन्ने गरेका छन् भने कसैलाई डराएर गर्भवति बनाईने गरिन्छ ।

गरिब घरका किशोरीहरु तथा अनाथालयमा राखिएका किशोरीहरुलाई बन्दुक देखाएर गर्भवती बन्न बाध्य गराईँदै आएको कुरा अन्तर्राष्ट्रिय समाचार माध्याममा भाइरल भइरहेको छ ।

किशोरीहरुका लागि नाइजेरियाको कानुनले पनि असर पारिरहेको छ । किनभने कानुनमा कसैले पनि गर्भपतन गर्न पाउँदैनन् । यो गैह्रकानुनी मान्ने गरिन्छ । त्यसैले गर्दा पनि वालिका तथा किशोरीहरुको फाइदा उठाइरहेको पाइएको हो ।

अफ्रिका महादेशमा अत्याधिक गरिब भएकै कारण बेबी फर्मिङ जस्ता घिनलाग्दा काम भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?