समाजवादी पार्टी सरकारबाट बाहिरिएलगत्तै बाबुरामको कडा प्रतिक्रिया, भोलि २ बजे बोलाए पत्रकार

काठमाडौं । संविधान संशोधन लगायतका मुद्धामा सरकार गम्भिर नभएको भन्दै समाजवादी पार्टी सरकारबाट बाहिरियो ।

समाजवादी पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री समेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले राजीनामा दिए ।

त्यसपछि शहरी विकास मन्त्री मोहम्मद इस्तिहाक राईको पनि राजीनामा आयो ।

हेर्नुहोस् समाचार:

शहरी विकास मन्त्री राईले पनि दिए मन्त्री पदबाट राजीनामा

यसैबिच समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइले पार्टीको आज (मंगलबार)को निर्णय रिहर्सल मात्रै भएको भन्दै जे गर्ने भोलि गर्ने बताएका छन् ।

आफ्नो पार्टी सरकारबाट बाहिरीएलगत्तै उनले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बुधबार २ बजे पत्रकार सम्मेलन गरेर यसबारे सम्पूर्ण जानकारी गराउने बताए।

यसैबिच, सरकारबाट बाहिरिएपछि समाजवादी पार्टीको पछिल्लो परिस्थितिबारे छलफल गर्न आजै बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?