काठमाडौं । आज ‘क्रिसमस डे’ अर्थात् क्रिसमस दिवस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जमोत्सवका अवसरमा संसारभरका ईसाई धर्मालम्बीहरुले विभिन्न कार्यक्रम गरि मनाउँदै छन्।
अमेरिकामा ‘क्रिसमस डे’ मनाइरहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६५ वर्षिय डेभिड वायने ओलिभर रहेका छन्।
उनि अमेरिकाको कोलोराडोस्थित एक बैंकबाट १० हजार डलरका बण्डल लुटेर बाहिर निस्किएर ‘मेरी क्रिसमस’ भन्दै रकम हावामा उडाईरहेका थिए ।
सोमबार दिउँसो उनले हतियार प्रयोग गर्न सक्ने भन्दै धम्क्याएर बैंकबाट उक्त रकम लुटेका थिए ।
बाहिर निस्केर उनले रकमको बण्डल आकाशतिर फाल्दै मेरी क्रिसमस भनेका थिए । उनले फालेको रकम स्थानीयले जम्मा गरेर बैंकमा बुझाएका थिए । प्रहरीले निज व्यक्तिलाई स्थानीय कफी सपबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई भोली बिहीबार स्थानीय अदालतमा लगिने बताइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया