उपेन्द्र यादव भन्छन्, ‘केपी ओलीले धोका दिए’

काठमाडाैं ।समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अध्यक्ष उपेन्द्र यादवले आफुहरूले समर्थन फिर्ता लिएपछि सरकारकाे दुई तिहाइकाे दम्भ समाप्त भएकाे बताएका छन् । बुधबार सिंहदरबारस्थित दलकाे कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

यादवले समाजवादी पार्टीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने बताए ।

संविधान संशाेधनकाे विषयमा हस्ताक्षर गरेर पनि प्रधानमन्त्री केपी ओलीले धाेका दिएकाे उनकाे आराेप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?