शेयर बजारः सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसुचक सामान्य अंकले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १ दशमलव ८२ अंकले बढेर १ हजार १ सय ६८ दशमलव ३ बिन्दुमा पुगेको छ । बुधवार कुल १७५ वटा कम्पनीको शेयर कारोबार भएको थियो । जसको १६ लाख ८१ हजार कित्ता शेयर ५३ करोड ८३ लाख रुपैयाँ भन्दा बढीमा कारोबार भएको नेप्सेले जनाएको छ । आज परिसूचक बढे पनि शेयर संख्या र कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको पाइएको छ ।

आज कारोबारमा आएका समूहमध्ये हाइड्रोपावर,वित्त, व्यापार, लघुवित्त समूह घटेका छन् भने बाँकी सबै समूह बढ्न गएको पाइएको छ ।

आज कारोबारमा आएका सबै कम्पनी मध्ये सानिमा बैंकको ऋणपत्रको कारोबार सबैभन्दा धेरै कारोबार भएको छ । जसको ४ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । त्यस्तै आज नेपाल बैंक लिमिटेडको ४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । भने प्राइम कमर्सियल बैंकका लगानीकर्ताहरुले ४ करोड ५७ लाख रुपैयाँको कारोबार गरेका छन् । आज समग्र परिसूचक बढे पनि कञ्चन डेभलपमेन्ट बैंक, नेपाल सेवा माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले उच्च कमाउन सफल भएका छन् ।

यी कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । भने नेपाल फाइनन्स कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । शेयरको मूल्य घटेका कारण लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?