रामकृष्ण ढकालको सम्बन्धबिच्छेद रहस्यमय, भने–अरुले जेसुकै भनून् हाम्रो सम्बन्ध कहिल्यै मर्दैन

काठमाडौँ । गायक रामकृष्ण ढकालको सम्बन्धबिच्छेद रहस्यमय बनेको छ । जिल्ला अदालत काठमाडौँबाट उनको श्रीमति निलम शाह ढकालसँग सम्बन्धबिच्छेदको मिलापत्र भएपनि उनले भने यो सबै झूट भएको प्रतिक्रिया दिएका छन् ।
अदालतको निर्णयलगत्तै लोकपथको सम्पर्कमा आएका उनले आफ्नो निलमसँग सम्बन्धबिच्छेद नभएको बताए । सँगै उनले बाहिर आएको समाचार झूट भएको बताउँदै यसबारे आफूपनि आश्चर्यचकित भएको बताए ।
तर जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदूर कोइरालाको इजलाशले स्पष्ट रुपमा उनको सम्बन्धविच्छेद भएको उल्लेख छ । जहाँ निलमले सम्पत्ति नलिइ सम्बन्धबिच्छेदमा सहमति जनाएको र छोरी भने दुबैको संरक्षणमा हुर्कने उल्लेख छ ।
स्वयम् ढकालसमेतको उपस्थितिमा सम्बन्धबिच्छेदको मिलापत्र भएपनि ढकालले भने सबै झूट भएको प्रतिक्रिया आउनुले सवाल रहस्यमय बनेको छ ।
एक सहकारीसँग ढकालले ऋण लिएको उनले तिर्न नसकेको भन्दै सहकारीले उनको ललितपुरमा रहेको घर लिलामी गरेको थियो । यही प्रकरणलाई लिएर पनि ढकालको सम्बन्धविच्छेदलाई जोडेर टिकाटिप्प्णी भइरहेको छ ।
यही चर्चा परिचर्चाका बीच ढकालले आफ्नो फेसबुक पेजमा श्रीमती निलमको फोटो राखेर एक स्टाटस लेखेका छन् । स्टाटसमा उनले अरुले जेसुकै भनेपनि आफूहरुको सम्बन्ध कहिल्यै नपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अरुले जेसुकै भनुन् मतलब छैन्, हाम्रो सम्बन्ध कहिल्यै मर्नेछैन ।’
१७ वर्षअघि ढकालको निलमसँग प्रेम विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?