दिपक मनाङेलाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं, ६ माघ । कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएका गन्डा नाइके दिपक मनाङेको खोजी सुरु गरेको छ अदालतले कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएपछि प्रहरीले खोजी कार्य तिव्र बनाएको हो । उनी लुकेर बस्ने सम्भावित स्थान ठमेल, स्वयम्भू लगायतका स्थानमा निगरानी बढाएको छ मनाङेलाई पुनरावेदन अदालतको १० वर्षअघिको फैसलालाई सदर गर्दैै सर्वोच्चले सदर गर्दै ५ वर्ष कैद हुने जनाएको थियो । राजीब गुरुङ नाम भएका मनाङ गत मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै सर्वोच्चले ५ वर्ष जेल सजाय सुनाएपछि उनको सांसद पद समेत रहनेछैन न्यायाधीशहरू दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको हो । सर्वाेच्चको यो फैसलासँगै सपथ लिनु अगावै मनाङेको पद स्वतः निलम्बनमा परेको छ यसअघि पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?