मुसाको जुँगाले कसरी काम गर्छ ? अध्ययनले पत्ता लगायो रोचक तथ्य !

एजेन्सी । म्यान्चेस्टर मेट्रोपोलिसन विश्वविद्यालयका रोबिन ग्रेटले आफ्नो अध्ययनमा मुसाको जुँगाले कसरी काम गर्छ भन्ने जानकारी लिने कोसिस गरेका छन् ।
एउटा कोठाबाट उनले मुसालाई नियाल्दा मुसाले एक सेकेन्डमा १० पटक आफ्नो जुँगा दायाँ–बायाँ घुमाउने गरेका बताएका छन् । मुसाले जुँगा हल्लाएर अगाडि वा पछाडि कता बढ्न सुरक्षित हुन्छ भन्ने कुरा उनले अध्ययनबाट पत्ता लगाएका छन् ।

उनले अध्ययनका क्रममा मुसाको आँखा निकै ठूला हुने गरे पनि उसले रातमा आँखा मद्दतबाट नभएर जुँगाको सहायताले वरिपरिका चिजहरूको बारेमा जानकारी लिने गरेको अध्ययनबाट पत्ता लगाएका हुन् ।

यदि मुसा जुँगाको सहायतामा पनि अनभिज्ञ रह्यो भने दगुर्न थाल्छ । दगुरिरहेको बेलामा उसले जुँगाको सहायताले जानकारी लिने प्रयास गरिरहन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?