कम्बल बोकेर तराई पुग्यो वाइसिएल

काठमाडौं, ६ माघ । वाइसिएल नेपालको केन्द्रिय टिम कम्बल लिएर शितलहर प्रभावित तराई पुगेको छ वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाको नेतृत्वमा तराइ पुगेको वाइसिएलले महोत्तरीको भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तिका २०० परिवारलाइ न्यानो वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो शनिवार विहान सिद्दपुरमा न्यानो वितरण गरेको वाइसिएलले दिउसो धनुषाको धनुषाधाम नगरपालिका ६, ८ र ९ मा न्यानो वितरण गर्ने कुरा वाइसिएलका महासचिव सुबोधराज शेर्पालीले बताएका छन् न्यानो वितरण गर्दै वाइसिएलका अध्यक्ष दीपशिखाले भनेका छन्– हामी दुःख बाँड्न आएका हौं, हामीले ल्याएको न्यानोले तराइ न्यानो त नहोला तर मन न्यानो हुन्छ । उनसे विगत सम्झँदै थपे, –हामी तराईमा बाडी पस्दा पनि आएका थियौं र दुःख बाँडेका थियौं । तराइमा दुःख दुख्दा हामी मन मिलाउन आउंछौं । अब बन्ने बाम गठबन्धनको सरकारले गरिबी उन्मुलनको ठोस काम गर्छ र शितलहरबाट अर्को साल यतीधेरै मानिसको क्षति हुँदैन म होत्तरी, घनुषा हुँदै रौतहट र पर्सामा वाइसिएलको न्यानो वितरण कार्यक्रम रहेको बताइएको छ । साथै ५० हेक्कड जमीन मिच्न खोजिएको पर्साको विरगंजमा समेत वाइसिएल पुग्ने शेर्पालीले बताएका छन् वाइसिएले यसअघि तराईमा बाढी जाँदा पनि राहत साम्रागी वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?