एजेन्सी । एक महिलाले बच्चा पेटमा भएको अवस्थामा धेरै संघर्ष गरेकी हुन्छिन् । तर जब आमा बन्छिन् तब झनै उनले धेरै संघर्ष गर्नुपर्छ । किनभने उनले बच्चाको साथै आफ्नो स्वास्थ्यको पनि धेरै ख्याल गर्नुपर्छ ।
तर आज हामीले एक यस्तो महिलाको बारेमा जानकारी दिँदैछौँ जसले तपाईको मष्तिष्क हल्लाई दिन्छ । एक महिला आमा बनेको ५ दिन पछि उनको पेटबाट आन्द्रा बाहिर निस्किएको छ । यो घटना स्कटल्याण्डको मेक्डफ शहरको हो ।
जहाँ ३८ वर्षकी ब्रेमनर नाम गरेकी महिलाको आमा बनेको ५ दिनपछि पेटबाट आन्द्रा निस्किएको छ । उनी बाथरुममा नुहाइरहेकी थिइन् । उनी उनी नुहाउनको लागि भन्दै सेम्पो लिन तल निहुरिइन् । तर उनी निहुरिनासाथ उनको पेट फाट्यो र आन्द्रा बाहिर निस्कियो र उनले आन्द्रा हातले समाइन् ।
उनी जसोतसो बाहिर आइन् र सोफामा बसिन् । उनका पतिले श्रीमतीको यो अवस्था देखेपछि डाक्टरलाई फोन गरे । त्यसपछि उनलाई तत्कालै अस्पताल पुर्याइयो । उनले आफ्नो बच्चालाई सिजोरियन डेलिभरी मार्फत जन्म दिएकी थिइन् ।
उनको पेटमा टाँका लगाइएको थियो । उनी तल निहुरीएको बेला उनका टाँका खलेर आन्द्रा बाहिर निस्किएको डाक्टरले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया