एजेन्सी । फिलिपिन्समा आँधीमा परेर १० जनाको ज्यान गएको छ । १९० किलोमिटर प्रति घण्टा गतिमा आएको आँधीका कारण धेरै स्थानमा पहिरो गएको छ । शहरहरु जलमग्न भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
क्रिसमस मनाइरहँदा आएको टाइफुन फ्यानफोन नामक आँधी आएको अधिकारीहरुले जनाएका छन् । आँधीका कारण १० हजार भन्दा बढी मानिसहरु प्रभावित भएका छन् ।
मृत्यु हुनेको संख्या पनि वृद्धि हुन सक्ने अधिकारीहरुले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया