बझाङ । बझाङ जिल्लाको चैनपुरमा निर्माण हुन थालेको पानकोट पुल निर्माण कार्यमा ढिलाइ भएको छ । जिल्लाका साविकका–८ वटा गाविस जोडने स्टिल पुलको निर्माण कार्य रोकिएपछि स्थानियमा पुल नबन्ने हो कि भन्ने चिन्ता छाएको छ ।
झण्डै ८ करोड लागतमा निर्माण हुन थालेको ६९ मिटर लम्बाईको पानकोट पुल निर्माणको जिम्मा ईलाईट कन्ट्रक्सनले लिएको थियो । निर्माण कम्पनीले २०७५ चैत्रमा सम्झौता गरी २०७७ बैशाख मा निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता गरेको भएतापनि हाल सम्म पुल निर्माण कार्य अगाडि बढेको छैन ।
सम्झौता भएको १० महिना पुगिसक्दा समेत पुल निर्माण स्थलमा पुल निर्माण सामाग्रीहरु आइपुगेको छैन स्थानिय चन्द्र सिंहले भने ठेकेदारले पुल निर्माण कार्यमा ढिलाई गर्दा जनताले सास्ती भोग्नु परेको छ ।
सेतीपारी जोड्ने सडक निर्माण भइसकेको तर सेती नदीमा पक्की पुलहरु निर्माण मा ढिलासुस्ती हुँदा सेतीपारीका बासिन्दाहरु यातायाताका सुविधाहरुबाट बञ्चित भएका छन ।
सम्झौता अवधि भित्रै निर्माण कार्य सम्पन्न गर्ने उद्येश्यले पुल निर्माण का सामाग्रीहरु हेटौडामा बन्दै गरेका छन पुल निर्माणको जिम्मा पाएका ईलाईट कन्ट्रक्सनका ठेकेदार योगेश पौडेलले भने निर्माण हुन थालेको पुल पक्की पुलजस्तो नभएर स्टिल ब्रीज भएकाले समय लागेको हो ।
हेटौडामा सम्पुर्ण सामानहरु निर्माण पश्चात एकै चोटी बझाङ लिएर पुल निर्माण गरिने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया