काठमाडौं । वि.स. २०७२ वैशाख १२ मा गएको नेपालमा गएको बिनासकारी भुकम्पका कारण ठुलो धनजनको क्षति हुन पुग्यो । साथै भत्किएका संरचना निर्माणका लागि खर्बाै रकम खर्च भइसकेको पाइएको छ । हालसम्ममा भूकम्पपछिको पुनर्निमाणका लागि हालसम्म ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
भुकम्पपछिको पुनर्निर्माणमा सरकारी तथा बिभिन्न दातृ निकाय मार्फत निर्माणका लागि रकम खर्च भएका हुन् । जस अनुसार सरकारी निकायका तर्फबाट २ खर्ब ९३ अर्ब रुपैयाँ खर्च भयो भने गैरसरकारी संस्थाका तर्फबाट ४२ अर्ब रुपैयाँ खर्च भएको पाइएको छ ।
बिनासकारी भुकम्प गएका ४ वर्ष वितिसकेको छ । तर पुननिर्माणले भने अझै पुर्णता पाउन सकेको छैन् । प्राधिकरणका अनुसार अझै पुननिर्माणका लागि आवश्यक रहेको छ । त्यस्तै चालु आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ सुनिश्चित गर्नुपर्ने प्राधिकरणले जनाएको छ । पुननिर्माणका लागि प्राधिकरणले बिभिन्न ६ वटा क्षेत्र छुट्याएको छ । ती क्षेत्रहरुमा पुननिर्माणको कामले ८३ प्रतिशत काम सम्पन्न भएको पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया