मन्त्रीपरिषद्को १३ निर्णय, अधिकारी शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । मन्त्रीपरिषद्को बैठकले विभिन्न १३ वटा निर्णहरु गरेको छ । पुस ७ गते बसेको बैठकले प्रमुख विषयहरु निर्णय गरेको हो ।

बैठकले शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रको कार्यकारी निर्देशक पदमा डा चन्द्रमणि अधिकारीलाई ४ वर्षका लागि नियुक्त गरेको निर्णय गरेको छ ।

२०७६ पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त विषयहरुमा जानकारी गराएका हुन् ।

बाँस्कोटाले बैठकमा उखुको समर्थन मूल्य निर्धारण गरेको, हातहतियार तथा खरखजना सम्बन्धी प्रचलीत कानूननलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक तर्जुमा गर्न शैद्धान्तिक निर्णय गरेको, सार्वजनिक खरीद (नवौं संसोधन) नियमावली स्वीकृत लगायत १३ वटा निर्णय गरेको बताए ।

हेर्नुहोस् अन्य निर्णय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?