सरकारले तोक्यो उखुको न्यूनतम मूल्य

कठमाडौं । सरकारले उखुको न्यूनतम मुल्य निर्धारण गरेको छ । मूल्यको विषयलाई लिएर केहीदिन यता किसानहरु आन्दोलनमा रहेका थिए । मन्त्रीपरिषदको निर्णय अनुसार चालु अर्थिक वर्ष २०७६र७७ को खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गर्ने निर्णय स्विकृत गरेको छ । यस अन्तर्गत उखुको न्युनतम लागत, ढुवानी, मूनाफा तथा अनुदान समेत गरि मूल्य निर्धारण गरेको हो ।

त्यस्तै Building a Resilient churia Region of Nepal परियोजनाको लागि Green Climate Fund बाट प्राप्त हुने ४ अर्ब ४६ करोड बराबरको अनुदान सहायता प्राप्तीका लागि Accredited Entity सँग वार्ता समेत गर्ने निर्णय गरेको छ । जस अन्तर्गत अर्थमन्त्रालयको आर्थिक सहायता महाशाखा सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय टोली समेत गठन गर्ने निर्णय सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?