एजेन्सी । पर्यावरण प्रदूषण अहिले सारा विश्वमा नै भइरहेको छ । यो सामान्य नभएर गहन विषय पनि हो । यो बेला केहि देशहरु वातावरण प्रदूषणबाट जोगिन अनेक तरहका क्रियाकलाप गरिरहेका छन् ।
साथै कसरी बँच्ने भन्ने मनशायले बिभिन्न तरिका खोजिरहेका छन् । केहि देशहरुले त पर्यावरण सफा बनाउनको लागि प्लाष्टिक प्रयोग कम गरिरहेका छन् कतिपय देशले प्लाष्टिक प्रयोग गर्न नै प्रतिबन्ध लगाएका छन् ।
भारतको दिल्ली स्थित द्वारकामा पनि एउटा यस्तै अनौठो अभियान सञ्चालन भएको छ । यहाँका दुई फूड रेष्टुरेण्टले प्लाष्टिकको साटो खानेकुरा बाँड्न थालेका छन् । उक्त रेष्टरेण्टले आपफुलाई गारबेज नाम दिएका छन् । यो शुरुवात उनीहरुले साउथ एमसीडीको अपिलमा गरेका हुन् ।
एमसीडीले यस्तै अन्य होटलमा पनि अभियान सञ्चालन गर्ने योजना रहेको बताएको छ । द्वारकाको सेक्टर १२ स्थित सिटि सेन्टर मल र २३ स्थित वर्धमान मलमा प्लाष्टिक बोकेर आउने मानिसलाई खाना खुवाउने अभियान सञ्चालन गरिएको हो ।
उनीहरुले गारबेज क्याफे लेखेर दुबै महलमा ब्यानर टाँसेका छन् । साथै ब्यानरमा एक किलो प्लाष्टिक ल्याउनु अनि खाना खानुस लेखिएको छ । उक्त गारबेज क्याफेमा २५० ग्राम प्लाष्टिक ल्याउने मानिसलाई नास्ता गराउने गरेको छ ।
कसैले पनि २५० ग्राम प्लाष्टिक क्याफेमा लिएर आएके खण्डमा उनीहरुलाई समोसा, चिया, ब्रेड तथा पकौडा खुवाउने गरिएको छ । तर एक किलो प्लाष्टिक लिएर आउनेलाई भने पिज्जा, डोसा र गोगप्पा खुवाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया