काठमाडौं । आजका लागि बोलाइएको संघीय संसदको बैठक स्थगित भएको छ । आज १ बजे बस्ने गरि बोलाईएको बैठक सूचना टास गरेर स्थगित गरिएको सचिवालयले जानकारी गराएको छ ।
सचिवालयले पुस १६ गतेलाई अर्को बैठक बोलाएको जानकारी गराएको छ । आजको बैठकले सभामुखको निर्वाचनको मिति तय गर्ने कार्यसूचि थियो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख कसलाई बनाउने भन्ने विषयमा टुङ्गो नलाएको ले बैठक स्थगित भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया