एजेन्सी । स्वस्थ जीवन बिताउन पाइयोस् यो हामी प्रत्येकको चाहाना हो । स्वस्थ बन्न के गर्ने ? के गर्दा हामी निरोगी हुन्छौँ ? कसरी तन्दुरुस्त र जवान भइन्छ ? भन्ने कुराहरु सबैको कौतुहलको विषय हो ।
निरोगी बन्न पहिलो कुुरा खानपिनमै ध्यान दिनुपर्छ । शरीरलाई जीवित राख्न मात्र होइन, तन्दुरुस्त र निरोगी राख्न पनि यी पोषक तत्वहरुको आवश्यक हुन्छ । अधिकांश पोषक तत्वको स्रोत हाम्रो खानपान नै हो ।
स्वस्थ जीवन व्यतित गर्नका लागि सबैभन्दा अनुशासित दिनचर्या आवश्यक हुन्छ । जहाँ स्वास्थ्यलाई प्रतिकुल हुने कुनै कुरा हुनु हुँदैन । अनुशासन, प्रयास र केहि सावधानी यी कुराले हामीलाई सधैँ निरोगी र स्वस्थ राख्छ । हामी स्वास्थ्यसँग धेरै खेलबाड गर्छौं । मनलाग्दो जीवनशैली अपनाउँछौ । त्यसैले पनि हामीलाई रोगी बनाउँछ ।
रोग लागेपछि हामीलाई मानसिक र शारीरिक रुपले गलाउँदै जान्छ । हामीलाई आफूले गर्ने कामहरुको याद रहँदैन । हाम्रो शरिर थाक्दै जान्छ । शरिरमा शक्ति कमजोर हुन्छ । शरिरमा आलस्य आउँछ अन्ततः आफ्नो शरीर आफैलाई बोझको भारी बन्छ । साथै यसले हाम्रो शरिरलाई मात्र होइन् परिवारलाई समेत दिक्क र हैरानी बनाउँछ । त्यहि कारण स्वस्थ जीवनका लागि अनुशासित दिनचर्याको पालना गर्नुपर्छ ।
स्वस्थ बन्न अपनाउनुस् यी उपाय
–मध्यपान तथा धुम्रपान नगर्ने
– प्रचुर मात्रामा खानेकुरामा तेल वा मसला नहाल्ने । खाना सफा तरिकाले पकाउने। सागजस्ता सब्जीहरु लामो समय नपकाउने ।
– खानामा सन्तुलन बनाइराख्ने ।
– आवस्यक अनुसार पौष्टिक तत्वहरुको प्रयो गर्ने ।
– समयमा सुत्ने ।
– प्रात कालमा उठेर व्यायाम गर्ने ।
– दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिले बिहान शारीरिक श्रम गर्ने ।
– सही समयमा पौष्टिक आहार लिने ।
– खाना खानु भन्दा केहि मिनेट अघि पानी पिउने ।
– खाना खाएको समयमा पानी नपिउने ।
– खाना खएको आधा घण्टा पछि मात्र पानी पिउने ।
– गर्मीठाउँबाट आउनसाथ चिसो पानी नपिउने
– कुलर वा एसीको हावामा नबस्ने ।
– ओझेलमा बसेर लामो समयसम्म हावा नलिने ।
– मनलाई शान्त राख्नका लागि ध्यान एवं योगको सहारा लिने ।
– सुत्नुअघि मनलाई शान्त राख्ने ।
– दिनभरको कुरालाई भुलेर सुत्ने ।
– नियमित स्वास्थ्य जाँच गर्ने ।
– खुसी रहने प्रयास गर्ने ।
– खानपानमा ध्यान दिने ।
– ताजा सब्जी र फल सेवन गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया