फ्रिमा पान नपाएपछि ग्राहकले काटेर खाए पसलेको ओठ र कान

एजेन्सी । मनिसहरु धैरैजसो फ्रि विभिन्न सामानहरु पाए हुन्थ्यो भन्ने आश गर्छन् । फ्रिका चीजहरु पउनको लागि मानिसहरुले झगडा समेत गर्छन् । तर कोहि भने फ्रिका सामानहरु पाउनको लागि सिमा नै पार गर्छन् ।

यस्तै एक घटना भारतको लखनउमा घटेको छ । लखनउको आलमबागमा एक व्यक्तिले फ्रिमा पान खान नपाएपछि पसलेको ओठ र कान काटिदिएका छन् ।

२८ वर्षीय शालु नाम गरेका व्यक्ति केहि दिन अगाडि रातको १० बजे पान खान भन्दै पान पसल तिर लागे । फ्रिमा पाउने पान पसल सत्येन्द्र नाम गरेका व्यक्तिले चलाईरहेका थिए ।

सत्येन्द्र रात परिसकेकोले पसल बन्द गर्न लाग्दै थिए । शालुले सत्येन्द्रलाई पान दिन आग्रह गरे । तर रात धेरै परिसकेको र पसल पनि बन्द गर्न लागिसकेकोले सत्येन्द्रले उनलाई पान अब नदिने कुरा गरे ।

शालुलाई पान नदिने कुराले धेरै रिस उठ्यो र उनले सत्येन्द्रलाई ढुङ्गाले हान्न थाले । उनले सत्येन्द्रलाई त्यतिमै छोडेनन् ।  उनको दाँतले कान र ओठ टोकेर खाए ।

सत्येन्द्रलाई उक्त हालतमा देखेपछि स्थानीयले उपचारका लागि अस्पताल लगे । साथै अहिले प्रहरीले २८ वर्षीय शालुलाई खोजिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?