गौशाला, ३० भदौ ।तेस्रोचरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी विप्लवका दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ ।पक्राउपर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताए ।लामालाई बर्दिवास र मिश्रलाई मटिहानी नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनामाथि सार्वजनिक मुद्दा चलाएको र यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक कठायतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया