बदाम खा’को सुन्तला छोडाको…..
कमल सर्गम र राजेन्द्र अर्यालको शब्द तथा सरोज लामिछाने र संगिता मगर प्रितीको लयमा रहेको यो गीतले भने जस्तै जाडोयाममा घाम ताप्दै सुन्तला र बदाम खानेहरुको भीडभाड बाक्लै देखिन्छ, सार्वजनिक स्थल र चउरमा । तर बाक्लो हुस्सु र कुहिरोका कारण अहिले देशभरकै जनजीवन अस्तव्यस्त बनेको छ । वातावरण चिसो बन्दै गएको छ । विहान र रातको समयमा मात्रै होईन, दिउँसै पनि निकै चिसो बढेको छ ।
हिमाली भेगका स्थानीय बेँसी झरेका छन् । काठमाडौंमा पनि निकै चिसो बढेको छ । सुर्यग्रहण लागेको बखत काठमाडौंको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो । यो वर्षकै जाडो दिन थियो ।
खण्डग्रास सुर्यग्रहण सकिएसँगै देशमा जाडो अत्याधिक बढेको हो । जाडो बढेसँगै अस्पतालमा रुघा, खोकि, निमोनिया तथा दमका बिरामीहरु बढ्न थालेका छन् । चिसो अत्याधिक बढेपछि मानिसहरु दिउँसो चौरमा घाम ताप्दै बदाम, सुन्तला, चटपट, भुटेका गेडागुडी खान रुचाउँछन् ।
सुन्तलाका फाईदाहरु यस्ता छन्
-क्यान्सरको जोखिम घटाउन
-मिर्गौला स्वस्थ राख्न
-कलेजो जोगाउन
-कोलेस्टरोल घटाउन
-मुटु बलियो बनाउन
-भाइरल इन्फेक्सन हटाउन
-कब्जियत खुलाउन
-आँखा तेजिलो बनाउन
-रक्तचाप नियन्त्रण गर्न
-छालाको सुरक्षा गर्न
यस्ता छन् बदाम खानुका फाइदाहरु
-नियमित बदामको सेवनले छाला र हाडलाई फाइदा पुर्याउँछ ।
-स्ट्रोक पेट सम्बन्धी रोगहरु निको पार्छ। फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।
-ग्याँस र एसिडीटिको समस्याबाट छुट्कारा मिल्छ ।
-भोक नलाग्ने समस्या हटाउँछ ।
-गर्भवती महिलाहरुलाई यसले फाइदा पुर्याउँछ।
-बदामको प्रयोगले कोस्ट्रोललाई नियन्त्रण गर्छ,जसबाट मुटुको रोगहरुलाई टाढै राख्छ ।
-बदाम खानाले हर्मोनहरु सन्तुलनमा रहन्छन् ।
-यदि तपाईंलाई मधुमेह छ भने तपाईंले आफ्नो डाक्टरको सल्लाह लिएर बदाम खान सक्नुहुन्छ ।
-महिलाको प्रजनन् क्षमतामा वृद्धि गर्छ ।
-बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट टाढा रहन मद्दत गर्छ ।
-बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ ।
-बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ ।
-तर चिकित्सकका अनुसार अखाद्य चीजहरु मिसाएको खानेकुरा बढी मिसीने हुँदा त्यस्ता खानेकुरा खानुहुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया