एजेन्सी । हामी मन्दिरमा पूजापाठ र भगवानको दर्शन गर्न जान्छौँ । मन्दिरबाट फर्किँदा प्रसाद लिएर फर्कन्छौँ । तर भारतको एउटा मन्दिरमा भक्तजनलाई फूल तथा प्रसादको साटो सुनचाँदीका गरगहना दिएर पठाईन्छ ।
यो मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर हो । यो दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् ।
वर्षमा केही दिन मात्र उक्त मन्दिरमा कुबेरको दरबार लाग्छ । त्यस समयमा भक्तजनलाई प्रसादको रुपमा सुन तथा चाँदीका गहनाका साथै नगद समेत दिने परम्परा छ ।
वर्षका अन्य दिनमा ठूलो संख्यामा आउने भक्तजनले मन्दिरमा प्रसस्त सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । दिपावली लगायतका पर्वका बेला त मन्दिरमा अत्याधिक गरगहना भक्तजनले चढाएका हुन्छन् ।
मन्दिरमा दिनहुँ महालक्ष्मीलाई श्रृंगारिएको हुन्छ ।अन्य दिनहरुमा भक्तजनहरुले चढाएका सुनचाँदी र धनमध्येको केही भाग कुबेर दरबारको पर्व लागेको बेला भक्तजनलाई प्रसादको रुपमा प्रदान गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया