एजेन्सी । प्रत्येक मन्दिरका आ-आफ्नै विशेषता हुने गर्छन् । शक्तिशाली पीठका रुपमा मन्दिरलाई लिने गरिन्छ ।
मन्दिर भन्ने बित्तिकै फूल, प्रसाद, अक्षता चढाएर भगवानको पूजा गर्ने र आशिर्वाद माग्ने वा मन शान्ति पार्ने ठाउँ भन्ने बुझिन्छ । तर एउटा यस्तो मन्दिर पनि छ जहाँ भगवानबाट आशिर्वाद मात्र पाइँदैन मन्दिरबाट ऋण पनि लिन पाइन्छ ।
यो मन्दिर भारतको हिमाञ्चलस्थित सिमलामा छ । यो मनिदरमा जानेहरुले सजिलैसँग ऋण लिन सक्छन् ।
मन्दिरबाट ऋण लिने परम्परा धेरै पुरानो भएको स्थानीयहरु बताउँछन् । मन्दिरबाट दिने ऋण एक वर्षमै तिर्नुपर्छ । मन्दिरबाट लिएको ऋणको केवल दुई दशमलव तीन प्रतिशत मात्र व्याज तिर्नुपर्छ । ऋण लिने आर्थीक अवस्था धेरै कमजो भए मन्दिरका प्रबन्धकले निर्णय गरी ऋण माफी गरिदिन सक्छन् ।
ऋण दिने बेलामा व्यक्तिलाई आवश्यक छ की छैन भन्ने कुरा हेरिन्छ । भगवानलाई कसैले धोका दिँदैन भन्ने विश्वासका कारणले ऋण चुक्ता गर्ला की नगर्ला, वा ठगी गरेर भाग्ला की भन्ने सोच राखिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया