पेटको समस्याः
इरिटेबल बाउल सिन्ड्रोम जस्ता पेटको समस्या हुँदा शरिरमा पौष्टिक तत्व राम्रो तरिकाले सोस्न पाउँदैन । यस्तोमा तौल बढ्दैन ।
पौष्टिक तत्वको कमीः
डाइटमा भिटामिन, आइरन, मिनरल्स र फ्याट्सजस्ता पौष्टिक तत्वको कमी तौल नबढ्ने कारण हुनसक्छ ।
मेटाबोलिजमः
टन्न खाँदा पनि तौल बढिरहेको छैन भने यसको कारण तपाईंको मेटाबोलिजम हुनसक्छ । यस्तो हुँदा तपाईं जतिपनि खानुहुन्छ त्यो सबै पच्छ ।
गलत व्यायामः
धेरै कार्डियो व्यायाम गर्दा शरिरको क्यालोरी तीब्र रुपमा खर्च हुने गर्दछ । यस्तोमा तौल बढ्न पाउँदैन । विशेषज्ञलाई सोधेर व्यायामको योजना बनाउनुहोस् ।
कम निन्द्राः
सुतिरहेका बेला कार्टिसोल हर्मोन बन्ने गर्दछ जसले मांसपेशी बन्न सहयोग गर्दछ । व्यायामका साथै पर्याप्त निदाउनु भएन भने तौल बढ्दैन ।
तनावः
तनावका कारण भोक कम लाग्छ, रुटिन गडबडी हुने गर्दछ र शरिरको हर्मोन्सको ब्यालेन्स बिग्रन्छ । यसले तौल नबढ्ने समस्या निम्त्याउने गर्दछ ।
कम खानुः
सबैको खानाको आवश्यकता भिन्न भिन्न हुने गर्दछ । शरिरको आवश्यकता अनुसार पर्याप्त खाना नखाँदा तौल कम हुने गर्दछ ।
थाहा पाउनुहोस्, तौल बढाउने सजिला उपायः
स्वस्थ खानेकुरा खानुहोस्ः
डाइटमा सबै प्रकारको रंगका खानेकुरा प्रयोग गर्नुहोस् । भरपूर स्वस्थ कार्बोहाइड्रेट, फ्याट र प्रोटिन खानुहुन्छ भने तौल बढ्छ ।
क्यालोरी बढाउनुहोस्ः
दिनभरी थोरै गरेर चार वा पाँचपटक स्वस्थ खानेकुरा खानुहोस् । जति क्यालोरी दिनभरी खर्च हुन्छ त्योभन्दा धेरै क्यालोरी खानुहोस् । तौल बढ्न थाल्छ ।
मांसपेशी बनाउनुहोस्ः
तौल उठाउने व्यायाम गर्दा मांसपेशी बन्न सहयोग पुग्दछ । विशेषज्ञको मद्दतले व्यायामको योजना बनाउनुहोस् ।
सही रुटीन बनाउनुहोस्ः
खाने, सुत्ने र व्यायामको सही रुटिन बनाउनुहोस् र यसलाई दैनिक अनुसरण गर्नुहोस् । यसले स्वस्थ रहन र तौल बढाउन सहयोग गर्दछ ।
दुध र महः
राती सुत्नु अघि एक गिलास दुधमा २ चम्चा मह हालेर पिउनुहोस् । यसले पाचन क्रिया सुध्रन्छ र तौल बढ्नृेछ ।
दही र चिनीः
खानासँगै एक कचौर दहीसँग चिनी मिसाएर खानुहोस् । यसले पर्याप्त मात्रामा क्यालोरी पाइन्छ र तौल बढ्नेछ ।
आलू खानुहोस्ः
आलूमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट र कम्प्लेक्स सुगर हुन्छ । नियमित खाँदा यसले तौल बढ्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया