धेरै मानिसलाई गफ गर्नु भनेको नकारात्मक कुरा जस्तो लाग्छ । काम नपाएका मान्छेले गफ गर्छन् भन्ने धेरैको धारणा छ ।
तपाईं पनि गफाडी हुनुहुन्छ भने कुनै संकोच नमान्नुस् किनकि यसका धेरै फाइदा छन् । अमेरिकामा प्रकाशित हुने जर्नल अफ एक्स्पेरिमेन्टल साइकोलोजीका छापिएको एक अध्ययन अनुसार गफ गर्नुका धेरै फाइदा छन् ।
यस अध्ययनका अनुसार मनमा कुरा गुम्स्याएर राख्ने मान्छेको स्वास्थ्यमा समस्या आउँछ । यसले मानसिक र शारीरिक दुवै तहमा हानि गर्छ । मानौं अफिसमा तपाईंलाई चित्त नबुझ्ने कुरा कुरा भयो अनि तपाईं त्यसलाई दबाएर राख्नुहुन्छ भने मानसिक रूपमा बिरामी हुने सम्भावना हुन्छ ।
मनमा कुरा राख्ने अनि गफ नगर्ने मानिसको जिन्दगी नर्कजस्तो हुन पुग्छ । कसैसँग आफ्नो कुरा शेयर गर्ने र गफ लडाउने मान्छेको मन स्वस्थ हुन्छ ।
नचाहिने गफ गर्ने सल्लाह त मनोवैज्ञानिकहरूले दिँदैनन् तर कुरा चाहिँ गर्नुपर्छ अनि खुलेर हाँस्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया