यस्तो पनि हुनेरहेछ : ‘शरीर सम्बन्ध’ बारे १५ अनौठा तथ्य

काठमाडौं–यौन यस्तो विषय हो, जसका बारेमा सबैजनालाई गफ गर्न मन लाग्छ तर गफ गर्न लाज मान्छन् । यो यस्तो विषय हो जसका बारेमा विश्वभर अनेक खालका अध्ययन भइ नै रहेका छन् । यस सम्बन्धमा रोचक र अनौठा तथ्यहरू खुल्दै गइरहेका छन् । जानौं, यौनसँग जोडिएका त्यस्ता केही अनौठा तथ्य जुन तपाईंलाई थाहा नभएको हुन पनि सक्छ :

१. १९१२ मा भएको एक अध्ययन अनुसार भाले पेन्गुइन चरा आपसमै (भाले–भालेबीच) नै यौनसम्पर्क गर्छन् । यसका साथै पेन्गुइन अनिच्छुक पोथी पेन्गुइनलाई बलात्कार गर्छन् । मरेका स्त्री पेन्गुइनसँग समेत भालेहरू यौनसम्पर्क गर्छन् ।

२. यौनसम्पर्कले टाउको दुखेको समस्यालाई प्रभावशाली रूपले नियन्त्रण गर्न सक्छ । यसैकारण पनि कतिपय मान्छेहरू टाउको दुखेको समस्या कम गर्नका लागि समेत यौन सम्पर्क गर्ने गर्छन् ।

३. प्राचीन समयमा हाम्रा पूर्वजहरू (बोनोबोज्) एक आपसलाई स्वागत गर्दा स्वागतस्वरूप नै यौन सम्पर्क गर्ने गर्थे ।

४. १९८९ मा रकबिच नामको एउटा सांगीतिक ब्यान्ड थियो । उनीहरू नाङ्गै गानाबजानाको काम गर्थे । सो समूहले एकपटक दर्शकहरूतर्फ एउटा स्वर्ण कण्डम फ्याँके र उनीहरूले भने कि जसले त्यो कण्डम समात्छ, चाहे ऊ पुरुष होस् या महिला, स्टेजको पछाडि बाजा बजाउनेहरूसँग उनले या उसले यौनसम्पर्क गर्नुपर्नेछ ।

५. रोन्डा रुजी नामकी एक मार्सल आर्टकी प्रशिक्षक हुन् उनी भन्छिन् कि कुनै पनि खेल हुनुभन्दा अघि धेरैभन्दा धेरै यौनसम्पर्क गर्न उनी प्रयास गर्छिन् । यसो गर्दा शरीरमा टेस्टेटोरेन तह बढ्छ र खेलमा जित्न सकिन्छ ।

६. रोमका मान्छेहरू ठान्छन् कि अत्यधिक यौन सम्पर्क गर्नाले महिलाहरूको आँखाको परेलाका रौं झर्छ ।

७. क्यानडामा सन् १९६९ सम्म ओरल सेक्स (मुखको सहयोगले यौनमित्रको यौनाङ्ग उत्तेजित पार्दै यौनसम्पर्क गर्ने) अवैध थियो ।

८. संसारको सबैभन्दा गरीब मानिएको देश जाम्बियालाई महिलाहरूको आकर्षक यौन केन्द्र मानिन्छ । यहाँका काला युवकहरू नै महिलाहरूका मुख्य आकर्षण हुन् ।

९. एक अध्ययनका अनुसार मानविकी र कलासँग सम्बन्धित व्यक्तिहरू धेरै यौन सम्पर्क गर्छन् जबकि विज्ञान र इन्जिनियरिङसँग सम्बन्धित व्यक्तिहरू धेरै कम । विज्ञान र इन्जिनियरिङसँग जोडिएका कतिपय व्यक्तिहरूले त यौन सम्पर्कमा रुचि नै नराख्ने समेत बताइएको छ ।

१०. एउटा अध्ययनले यो समेत बताएको छ कि केटाहरू केटीहरूलाई लोभ्याउनकै लागि स्तन चुस्ने गर्दछन् ।

११. बेलायतमा सन् २०१३ देखि थालिएको एक रियलिटी सोको नाम हो सेक्स बक्स । यसमा स्टेजको अगाडि रहेको बक्स आकारको कोठामा पार्टनरसँग सहभागीले यौन सम्पर्क गर्नुपर्दथ्यो र त्यसपछि बाहिर आएर यौन सम्पर्क कस्तो भयो भनेर यौन विशेषज्ञहरूसँग बताउनुपर्दछ ।

१२. जापानमा ह्वाइट ह्यान्ड्स नामक एक गैरसरकारी संस्था छ जो यौनसम्पर्कका बेला पूर्ण सन्तुष्टि नपाएका व्यक्तिलाई यौन कामदार उपलब्धमार्फत सहयोग गर्दछ ।

१३. प्राचीन बेबीलोनमा प्रत्येक महिलाले आफ्नो जीवनकालमा त्यहाँको एक यौन मन्दिरमा पुगेर कुनै अपरिचित व्यक्तिसँग यौनसम्पर्क गर्नुपर्दथ्यो ।

१४. चर्चित इटालियन चित्रकार तथा वास्तुकार राफेलले आफ्नी रखैलसँग धेरै यौनसम्पर्क गरेकै कारण उनको मृत्यु भएको थियो ।

१५. सोह्रौं शताब्दीमा फ्रान्सका महिलाहरूलाई आफ्नो लोग्नेलाई नपुंसकताका लागि मुद्दा चलाउन सक्दथे । अदालतमै उक्त पुरुषलाई आफ्नी पत्नीको आरोपलाई असत्य साबित गर्ने अधिकार पनि थियो । यदि त्यसो गर्न नसक्दा उनलाई फेरि अदालतमै पत्नीलाई यौनसम्पर्क गर्न लगाइन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?