नियमित केरा खानाले तपाईँलाई सुन्दरमात्रै देखाउँदैन, डिप्रेसन समेत घटाउँछ । विहानीपखको समयमा केराको सेवन गर्नुभयो भने ‘फ्रेस’ बन्नुहुने छ । केराले रक्सी सेवनबाट हुने ‘ह्याङ ओभर’लाई समेत घटाउने छ ।
मृगौलाको क्यान्सरविरुद्ध पनि केराले ठुलो लडाइँ लड्छ । डायबिटिज र अन्धोपना पनि केरा सेवनले घटाउन सहयोग रहेछ । हामीले यहाँ केरा सेवन गर्नुपर्ने केही कारणहरू उल्लेख गरेका छौं ।
१. केरामा भएको ट्राइपोटफान नामक तत्वका कारणले तपाईँले डिप्रेसनबाट छुटकारा पाउनुहुने छ । जसले तपाईको दिमाग ‘फ्रेस’मात्रै बनाउने छैन तपाइँलाई खुसी पनि बनाउने छ ।
२. कठीन मेहन गर्नुपर्ने काममा जानु पहिले दुई वटा केरा खानुहोस् जसले तपाईँलाई पर्याप्त शक्तिमात्रै दिने छैन, रगतमा भएको चीनीको मात्रालाई पनि बढाउने छ ।
३. काममा भएको बेला गरिने केराको सेवनले शरीरको ‘ऐठन’ हटाउँछ भने बेलुकीपख गरिने केराको सेवनले खुट्टाको ऐठन हटाउँछ ।
४. पिसाब लागिरहेका बेला नास हुने क्याल्सीएमको मात्रा पूर्तिमात्रै केराले गर्दैन, त्यसले शरीरमा क्यालिसयम पुर्ति गरेर हाम्रो हाडलाई बलियो पनि बनाउँछ ।
५. यसले दिमागलाई तेजिलो बनाउँछ भने चीनको मात्रालाई पनि सन्तुलित बनाउँछ । तनाव हटाएर केही राहत प्रदान गर्छ ।
६. केराले शरीर सुन्निएमा त्यसलाई घटाउँछ । सेतो रक्तकोषको उत्पादन बढाउँछ ।
७. रगतलाई थप शुद्ध बनाउँदै शरीरमा फलाम तत्वको मात्रालाई बढाउँछ ।
८. अचानक हुने हृदयघातबाट बचाउँछ, रक्तचाप बढी हुनेको रक्तचाप घटाउँछ ।
९. पाचन प्रणालीलाई खुब राम्रो बनाउँछ ।
१०. मृगौलाको क्यान्सरबाट बचाउँछ भने अन्धोपन घटाउँछ ।
११. तपाईलाई ‘स्मार्ट’ देखाउँछ भने विषयकेन्द्रीत समेत बनाउँछ ।
१२. खानाको बीचमा केरा खाँदा चिनीको मात्रालाई सन्तुलित बनाउँछ भने यसको सेवनले बिहानीपख हुने वाकवाकी पनि घटाउँछ ।
१३. केराले शरीरको तापक्रम घटाएर गर्मीको बेला शीतलता प्रदान गर्छ ।
१४. चुरोटको सेवन छोड्न चाहनुभएको छ भने त्यसका लागि पनि केरा सेवन सहायक हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया