राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : तामाङ दिदीभाईलाई उपाधि

भीमदत्तनगर, ६ माघ- त्रिभुवन आर्मी क्लबका तामाङ दिदीभाई रत्नजित तामाङ र नङ्शलदेवी तामाङले राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत ३९औँ ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फको उपाधि जितेका छन् कञ्चनपुरको भीमदत्तनगरमा आज भएको फाइनल खेलमा रत्नजितले एपिएफका दिपेश धामीलाई तथा नङ्शलदेवीले एपिएफकी शिक्षा श्रेष्ठलाई पराजित गर्दै उपाधी हात पारेका हुन् पुरुष एकलमा पहिलो सेटमा एफिएफका धामीले रत्नलाई २१–१९ अंकले पछि पारे भने दोस्रो र तेस्रो सेटमा रत्नले क्रमशः २१–६ र २१–१२ अंकले पछि पार्दै उपाधि जितेका हुन् । योसँगै रत्नले चौथो पटक उपाधि हात पारेका छन् त्यसैगरी, महिला एकलतर्फ एपिएफकी श्रेष्ठलाई २१–१३ र २१–१४ को सोझो सेटमा हराउँदै आर्मीकी नङ्शलदेवीले उपाधि जितीन । उनले लगातार तेस्रो पटक उपाधि जितेकी हुन् । दुबैजना सहोदर दिदी–भाइ हुन् त्यसैगरी, पुरुष डबल्सतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठले एपिएफका दिपेश धामी र विजित थापामगरलाई पराजित गरे । तामाङ र श्रेष्ठको जोडीले धामी र थापामगरको जोडीलाई २१–१९ र २१–१४ अंकको सोझो सेटमा पराजित गरे । महिला डबल्सतर्फ पनि त्रिभुवन आर्मी क्लबकै नङ्शलदेवी तामाङ र अनुमाया राईको जोडीले एपिएफका पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई २१–१९ र २१–१५ अंकको सोझो सेटले पराजित गरे त्यसैगरी, मिक्स डबल्सतर्फको पनि उपाधि त्रिभुवन आर्मी क्लबले नै जितेको छ । रत्नजित तामाङ र नङ्शलदेवी तामाङको जोडीले एपिएफका विजित थापामगर र शोभा गौचनको जोडीलाई हराए । पुरुष टिम ईभेन्ट्सतर्फ एपिएफ तथा महिला टिम इभेन्ट्सतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जित्यो विजयी खेलाडीलाई कञ्चनपुर क्षेत्र नं ३, प्रतिनिधिसभाका सांसद डा दीपकप्रकाश भट्ट, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक राजेन्द्र शाक्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए प्रतियोगितामा पुरुष÷महिला एकल तथा डबल्स, मिक्स डबल्स र पुरुष÷महिला टिम इभेन्टस् गरी सातवटा स्वर्ण पदकका लागि पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका ५६ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको आयोजक कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेले जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन भएको सो प्रतियोगिताको सातमध्ये छ वटा स्वर्ण त्रिभुवन आर्मी क्लबले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?