नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अत्याधिक चिसो बढेको छ । लद्दाख, दिल्ली, उत्तर प्रदेश, राजस्थान समेत अत्याधिक चिसो बढेको छ । चिसोले ४७ भन्दा बढीको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लद्दाखको कारगिलमा माइनस २० डिग्री पुगेको छ । यसपालिको डिसेम्बर महिना विगत ११८ वर्षपछिकै सबैभन्दा चिसो डिसेम्बर हुने अवस्था आएको बीबीसीले एक रिपोर्टमा उल्लेख गरेको छ ।
शनिबार दिल्लीमा २.४ डिग्री सेल्सियस रहेको थियो । अघिल्लो दिन शुक्रबार ४.२ डिग्री रहेको बिबिसीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया