एजेन्सी । पञ्चाङ्गका अनुसार पुस महिना वर्षको नवौ महिना हो । पौष महिनामा पूर्णिमादेखि चन्द्रमा पुष्य नक्षत्रमा हुन्छ । त्यसैले यो महिनामा चन्द्रमा पुष्य नक्षत्रमा रहने भएकोले यो महिनालाई पौष भनिएको हो ।
धार्मिक मान्यताका अनुसार यो महिनामा स्वस्थ र मान सम्मान पाउनको लागि भगवान सूर्यको पूजा गरेर अर्घ्य दिने प्रचलन छ । साथै व्रत पनि बसिन्छ ।
यो महिनामा सूर्य उदाउनु भन्दा अगाडि नै उठेर स्नान आदि कर्महरु गर्नुपर्छ । साथै शुद्ध कपडा लगाउनु पर्छ । पत्येक दिन विहानै उठेर ओं घृणि सूर्याय नमः १०८ पटक रुद्राक्षको मालाले जप गरेमा मान सम्मान र धन प्राप्त हुन्छ ।
साथै विहानै उठेर स्नान आदि गरेर तामाको कलशले सूर्यलाई अघ्र्य दियो भने सुख मिल्ने कुरा शास्त्रमा उल्लेख छ ।
पौष महिनामा के गर्दा राम्रो फल मिल्छ ?
-पौष महिनामा विहानै उठेर स्नान आदि कर्म गरेर सूर्य भगवानलाई अर्घ्य दिँदा सरकारी जागिर समेत खान सकिन्छ ।
-रातो कपडाको प्रयोग गर्ने
-आईतवारको दिन तामाको कलशले जल सहित अर्घ्य चढाउने
-आफ्ना बुबा आमा दर्शन गर्ने
-प्रत्येक दिन गायत्री मन्त्रलाई तीन पटक जप गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया