काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले लगानीकर्ताहरुलाइ नगद लाभांश वितरण गर्न शुरु गरेको छ । कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । मंसिर ११ गते सम्पन्न कम्पनीको २३औं वार्षिक साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेको थियो । त्यससँगै कम्पनीले बैंक खाता मार्फत शेयरधनीहरुलाई नगद जम्मा गर्न शुरु गरेको हो । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा मात्र लाभांश रकम जम्मा गरिदिएको छ ।
तर अहिलेसम्म पनि हितग्राही खाता बैंक खातामा अद्यावधिक नगराएका तथा शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीलाई हितग्राही खातामा बैंक खातासमेत अद्यावधिक गराई समयमा नै उक्त लाभांश जम्मा गर्नका लागि समेत आग्रह गरिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया