सिटिजन्स बैंकको एटीएम फुटाउँदा फुटाउँदै २ जना पक्राउ, धारिलो हतियारसहित यसरी पक्रियो प्रहरीले

काठमाडौँ । एटीएम मेसिनबाट पैसा चोरी गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ स्थित थानकोट चेकपोस्ट नजिकै रहेको सिटिजन्स बैंकको एटीएम मेसिन राखेको सटरको ताल्चा तोडी मेसिन समेत फुटाइसकेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी बृत्त थानकोटको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगु सोरु गाउँपालिका वडा–६ घर चन्द्रागिरी ५ स्थित दाउराडिपो बस्ने २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराल रहेका छन् ।

प्रहरीका अनुसार एटीएमको मेसिन भित्र राखेको नगद रकम चोरी गर्ने उद्देश्यले उनीहरुले यो सबै कार्य गरेपनि प्रहरी सयममै पुग्दा रकम चोरिनबाट जोगिएको हो ।
प्रहरीले उनीहरुले एटीएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च, काठको बिड भएको धारिलो हतियार, चक्कु समेत बरामद गरेको छ ।

उनीहरुमाथि अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?