यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानम सृजाम्यहम् ।।
जब जब धर्तीमा अन्याय र अत्याचारको सीमा रहदैन् । जब अधर्मले धर्तीमा राज गर्न थाल्छ तब म स्वयम नै यो धर्तीमा जन्म लिनेछु र अधर्मीहरुको नाश गर्नेछु । भगवान श्री कृष्णले महाभारतमा भनेको वाक्य हो यो ।
पृथ्वीमा जब अधर्म धेरै भएको छ त्यति बेला धर्म स्थापना गर्न भगवानले बिभिन्न अवतार लिनुभएको छ । सत्ययुगदेखि कलियुगसम्म असत्यको नाश गर्न भगवान विष्णुका ९ अवतार भईसकेका छन् । अब कलियुगमा पनि उनले अवतार कल्कीको रुपमा जन्म लिने शास्त्रमा उल्लेख गरिएको छ ।
श्रीमद भागवतका अनुसार अधर्मको नाश गरेर धर्मको स्थापनाका लागि कलियुगमा पनि प्रकट हुने भनिएको छ । पुराणका अनुसार कलियुगमा पाप, अनैतिकता, लोभ, अधर्मले सिमा नाघेपछि पुनः धर्मको स्थापनाका लागि भगवान विष्णुले कल्किको अवतारमा जन्म लिने बताइएको छ । शास्त्रमा बताए अनुसार भगवान विष्णु कलियुगको अन्तिम समयमा श्रावण महिनाको शुक्ल पक्षको पंचमी तिथिमा जन्म लिनेछन् ।
केहि धार्मिक पुस्तकका अनुसार भगवान विष्णु भारतको उत्तर प्रदेशको मुरादाबाद जिल्ला अन्तर्गत सम्भल नामक गाउँमा जन्म लिने बताएको छ ।
उक्त स्थानमा विष्णुयशा नाम गरेको ब्राह्मण परिवारमा उनको जन्म हुनेछ । उनले सेतो घोडामा चढेर पापीहरुको नाश गर्ने बताइएको छ । साथै उनी जन्मेको श्रावण महिनाको शुक्ल पक्षमा कल्कि जयन्ती मनाइने पनि पुस्तकमा बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया