काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाल रहेका छन् ।
नेपालले आफ्नो जीवन संगिनी २५ वर्षीया उषा पनेरु नेपालको डोरीले घाँटी कसी हत्या गरेका हुन् । नेपाललाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया