काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय पहुँच विस्तारको क्रममा अर्घाखाँचीमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा आफ्नो ४५ औं संचालनमा ल्याएको हो । देउरालीमा सञ्चालनमा आएको उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन छत्रदेव गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष शोभाखर पाण्डले गरेका हुन् । साथै उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा कृष्णप्रसाद पाण्डेलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
एनआईसी एशियाले बैंक तथा वित्तीय संस्था नपुगेका तथा मुलुकका ३४ भन्दा बढि स्थानीय तहहरुमा शाखा विस्तार गरि सेवा दिइरहेको छ । साथै बैंकले अप्रत्यक्ष रुपमा गत आर्थिक वर्षमा मात्र सरकारलाइ ३ अर्ब १५ करोड भन्दा बढि राजस्व भुक्तानी गरिसकेको छ । साथै बैंकले वित्तीय समाबेसिकरणका लागि न्युन वित्तीय संस्थाको उपस्थिती रहेको मुगु, कालिकोट, बझाङ, रुकुम , जुम्ला, सल्यान लगाएतका दुर्गम जिल्लाहरुमा समेत सेवा सञ्चाल गरिसकेको छ ।
एनआईसी मुलुककै ठुलो शाखा सञ्जाल विस्तार गर्ने वाणिज्य बैंक अन्तर्गत पर्दछ । मुलुकभर बैंकको ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, ९८ वटा एक्सटेन्सन काउन्टर एवं ४५ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया