काठमाडौं । गत मंसिर २७ गते धनुषाको महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको ज्यान जाने गरी भएको बम विस्फोट भएको थियो । प्रहरीले बम विस्फोट गराउने घटनामा सलग्न ५ अभियुक्तलाई पक्राउ गरेको छ । टाइम बम प्रयोगगरी घटना घटाउने मुख्य योजनाकारसहित संलग्न करिब ९ जनाको पहिचान भइसकेको प्रहरीले जनाएको छ । घटनाका मुख्य योजनाकारसहित संलग्न अन्य ४ अभियुक्त फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विप्लव समूहले लेनदेनकै कारण बम विस्फोट गराएको हो । घटनाको अनुसन्धान जारी रहेकाले प्रहरीले उनीहरुको पहिचान भने सार्वजनिक गरेको छैन।
बम राख्नुअघि पटकपटक घरधनी राजेश साहलाई धम्की दिइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया