काठमाडौं । आज स्वर्गीय राजा वीरेन्द्रको ७५ औं जन्मजयन्ती मनाइँदै छ ।
वि.स. २००२ साल पुस १४ जन्मिएका राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।
उनको २०५८ साल जेठ १९ गते मध्यराति नारायणहिटी हत्याकाण्डमा हत्या भएको थियो ।
तत्कालीन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको उक्त काण्ड अझै रहस्यमय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया