फेसबुकमा आएको सरप्राइज म्यासेज, सावधान ! नखोल्नुहोस् सन्देश होईन भाईरस

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले भाइरल बनेको एक ‘म्यासेज’ खतरनाक भाइरस भएको खुलेको छ । तपाईको साथीले पठाएको जस्तो ईनबक्समा आउने त्यो म्यासेज उसैले पठाएको होईन । उसले त्यो म्यासेज झुक्किएर खोलेको मात्र हो । तर अटो सेयर भयो ।

यो भाईरस तपाईंको पनि साथीको सरप्राइज म्यासेज भन्दै आइरहेको होला । सावधान झट्ट हेर्दा शुभकामना जस्तो देखिने यस्तो म्यासेज नयाँ वर्ष भएकोले कसैले पठायो भन्ने रुपमा लिएर सामान्य नठान्नुहोस् । यी यस्ता भाईरसले तपाईको फेसबुकमा रहेको गोप्य कुरासँगै तपाईको मोबाईलमा भएका डाटाहरुसमेत ह्याक हुनसक्छ । फेसबुकले यस्तो समस्या देखिएको जनाउँदै भनेको छ,
‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज तपाईंले खोल्नेबित्तिकै तपाईंका सबै साथीलाई अटो रुपमा जानेछ । तपाइको साथीले पनि उक्त म्यासजे खोल्दा उनका अरु साथीहरुलाई जाने पक्का छ । त्यसैले यो नखोल्नुहोस् ।
यस्तो भाइरसले तपाइको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच राख्न सक्छ । त्यसैले यस्तो लिङ्क नखोल्नुहोस् ।

फेसबुक ह्याक हुनबाट कसरी बच्ने ?

म्यासेन्जरमा अपरिचितले पठाएको कुनै पनि भिडियो वा फोटोको लिंक नबुझी नखोल्ने ।

ब्लु रङको लिंक आए झनै नखोल्नुहोस्। यस्तो रङको लिंक ह्याकरले प्रयोग गर्नेगर्छन्।

समय समयमा आफ्नो फेसबुकको पासवर्ड परिवर्तन गरिराख्ने

यो पढ्नुभएको थियो ?

म्यासेन्जरले ल्याएको नयाँ तर डरलाग्दो फिचर, भिडियो च्याटमा सावधानी अपनाउनुहोस् 
फेसबुकले निम्त्याएका भयावह परिणाम आत्महत्यादेखि प्रहरी खोरसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?