वैज्ञानिकहरुको सनसनीपूर्ण खुलासा : भन्छन् मानिसको आत्मा २१ ग्रामको हुन्छ !

एजेन्सी । हाम्रो शरिरमा प्रत्येक अंगहरुको तौल हुन्छ नै । अंग जतिसुकै सानो भए पनि सोहि अनुसारको तौल हुने गर्छ । तर आत्माको तौल हुन्छ भन्दा सबैलाई अचम्म लाग्छ होला । यो कुरा हामीले होइन वैज्ञानिकहरुले बताइरहेका छन् ।

आत्मा मानिस भित्र हुन्छ । आत्मालाई न देख्न सकिन्छ न त छुन नै । तर वैज्ञानिकहरुले गरेको एक नयाँ अनुसन्धानमा आत्माको पनि तौल हुने  बताइएको छ ।

वैज्ञानिकहरुले आत्माको तौल भएकै कारण मानिस मरेपछि शरिर हलुका हुने बताएका हुन् । सन् १९०१ मा अमेरिकाको डस्चेस्टर्समा आत्माको बारेमा अनुसन्धान चलेको थियो । जसमा डाक्टर मेक डागल सहित अन्य ४ डाक्टरहरु सामेल थिए ।

यस अनुसन्धानका लागि गम्भीर अवस्थामा रहेका ५ पुरुष तथा १ महिलाको अनुसन्धान भएको थियो । उनीहरुलाई एउटा फेयरबक्स वेट स्केलमा राखेर अनुसन्धान गरिएको थियो ।

उक्त अनुसन्धानमा मर्नेहरुको वेइङ्ग स्केल जिउँदो भएका मानिसहरुको भन्दा तल झर्यो । मरेको व्यक्तिको शरिरबाट तीन चौथाई तौल कम भयो । वैज्ञानिकहरुले पत्ता लगाए अनुसार मानिस मरेपछि निस्किने आत्माको २१ ग्राम तौल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?