बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको जताततै चर्चा, यस्तो छ कारण

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन प्रेमिका सिमण्डससँग नयाँ वर्ष मनाउनका लागि सेन्ट लुसिया गएका छन् ।

उनीहरुले आम सर्वसाधारण जस्तै विमानको इकोनोमि क्लासमा यात्रा गरेका छन् । बेलायती मिडियाहरुले प्रधानमन्त्री बोरिस जोन्सनले इकोनोमी क्लासमा यात्रा गरेर देशको लाखौं रुपैयाँ बचाएको खबर प्रसारित गरिरहेका छन् ।

प्रधानमन्त्री जोन्सन एयरफोर्सको प्राइभेट विमानमा यात्रा गर्न सक्ने भए पनि सरकारको ढुकुटी बँचाउन सर्वसाधारण चढ्ने विमानबाटै यात्रा गरेको डेली मेलले बताएको छ । डेली मेलले बताए अनुसार प्रधानमन्त्तीले पब्लिक विमानमा यात्रा गर्नाले सरकारको १ करोड रुपैयाँभन्दा धेरै रकम जोगएको छ ।

अहिले सर्वसाधारणसँगै विमानमा यात्रा गरेका प्रधानमन्त्री जोन्सन र उनकी प्रेमिकाको फोटो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । उनी लण्डनबाट ब्रिटिस एयरवेजको फ्लाइटमा सेन्ट लुसिया गएका थिए ।

विमानको पछाडी सिटमा बसेका जोन्सन थोरै निजी सुरक्षाकर्मीहरु लिएर सेन्ट लुरिस गएका हुन् । जोन्सन हाइ प्रोफाइलका भएपनि सर्वसाधारणसँगै यात्रा गरेको भन्दै अहिले उनको चर्चासँगै फोटो भाइरल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?