जेल भित्रै ४ सय ७५ कैदीबन्दीको विवाह

एजेन्सी । विश्वमा जेल जति बनेका छन् सबैमा कैैदीबन्दी नै राख्ने गरिन्छ । जहाँ कैैदीबन्दीहरु आफूले गरेको सजाय भोग्ने गर्छन् ।

केहि जेलमा कैदिबन्दीलाई यतिसम्म यातना दिइन्छ कि उनीहरुको जीवन नै सकिन्छ । तर केहि जेलहरु यस्ता पनि छन् जहाँ बिभिन्न सुविधाकासाथै अनौठा कामहरु गरिन्छ ।

मेक्सिकोको एउटा जेलमा यस वर्ष मात्रै ४ सय ७५ कैदीहरुको विवाह भएको छ, त्यो पनि जेल भित्रै ।

मेक्सिको राजधानीको पेनिटेन्चरी बन्दीगृहमा सजाय भोगीरहेका महिला तथा पुरुष कैदीबन्दीहरुको एक आपसमा विवाह भएको हो ।

पेनिटेन्चरी सिस्टमका अण्डर सेक्रेटरी हेलाएज रुइज ओर्तेगाका अनुसार परिवार बनाउन चाहाने कैदीबन्दीहरुको विवाह गरिएको हो ।

कैदीहरुको विवाह मात्र नभएर उनीहरुको विवाहमा लागेको खर्च र विवाह दर्ता पनि गरिदिएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?