काठमाडौं । सामाजिक सञ्जालमा कसैलाई जिस्क्याए पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना लाग्ने भएको छ ।
आइतबार बसेको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पास भएसँगै त्यस्तो कानून बन्न लागेको हो ।
अब उक्त विधेयक दुबै सदनमा पेश हुनेछ । दुबै सदनले पास गरे कानून तयार भएर आउँनेछ ।
कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गरेमा पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने गरी विधेयक पास गरिएको छ ।
विधेयकमा एक पटक सम्प्रेषण गरिसकेको सूचना हेरफेर गरे वा मेटाए वा आर्थिक लाभ पुर्याउने नियतले यस्तो कार्य गरे विषयवस्तु हेरेर तीन वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया