३ आयोजनाको लागि ८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत

काठमाडौं । ८५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीले नेपालमा लगानी गर्नका लागि स्वीकृती पाएको छ । आइतवार बालुवाटारमा बसेको लगानी बोर्डको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री निवासबालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठक बसेको थियो । जसले विभिन्न ३ जलविद्युत आयोजनामा आउने ८५ अर्बको वैदेशिक लगानी स्वीकृत गरेको हाे ।

निर्णय अनुसार मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाको लागि ११ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ, माथिल्लो त्रिशुलीको लागि ६५ अर्ब रुपैयाँ नेपाल आउनका लागि सहजता प्रदान गरिएको बोर्डले जनाएको छ । भने माथिल्लो त्रिशुली थ्री-बी जलविद्युत आयोजनाको लागि ८ अर्ब २२ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरिएको पनि बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?