दूध उम्लिएर पोखिँदा यस्तो अनिष्ठ !

एजेन्सी । दूध तताउँदै गर्दा कहिलेकाहिँ उम्लिएर गएको पनि हामीले देखेको नै हुनुपर्छ । तर दूध उम्लिएर पोखिनुलाई अपशगुन मान्ने गरिन्छ । दूध तताउँदै गर्दा उम्लिएर बाहिर गएको खण्डमा आध्यात्मिकहरुले अपशगुन मान्ने गरेका हुन् । तर धार्मिक पुस्तकका अनुसार भने उम्लिरहेको दूध अचानक पोखियो भने चन्द्रमा कमजोर रहेको जान्नुपर्छ । साथै घरमा सुख समृद्धि नाश हुने अवस्थामा छ भन्ने बुझ्नुपर्छ ।

दूधलाई हामी पौष्टिक आहारका रुपमा लिने गर्छौँ । वास्तु शास्त्रका अनुसार दूधलाई घरको सम्पन्नतासँग जोड्ने गरिन्छ । त्यसैले कहिलेकाँहि घरमा पूजा लगाउँदा दूध पानीले घरमा छर्किने चलन छ ।

वास्तुशास्त्रका अनुसार दूधको सम्बन्ध चन्द्रमासँग हुने गर्छ । चन्द्रमा बिग्रिएको खण्डमा घरमा सम्पति नाश हुने कुरा बास्तुशास्त्रमा उल्लेख छ । दूधलाई अग्नीसँग पनि जोडेर हेर्ने गरिन्छ । मंगल ग्रहसँग पनि दूधलाई जोडेर हेर्ने गरिन्छ ।

दूधको सम्बन्ध चन्द्रमा र मंगलसँग हुने भएकोले दुबै ग्रहको टकराव हुन्छ र घरमा झगडा पर्ने सम्भावना रहन्छ । ग्रहको एकआपसमा टकराव हुनाले घरको शान्ती भंग हुने बास्तु शास्त्रमा उल्लेख छ ।

ज्योतिष शास्त्रका अनुसार चन्द्रमा मानिसको मन, मष्तिष्क,धन, तथा पारिवारिक सम्बन्धबो प्रतिक मानिन्छ । त्यसैले उम्लिरहेको दूध पोखिनु शास्त्रका अनुसार नकारात्मक कुरा घरमा भित्रिनु हो ।

यदि चन्द्रमाले कोहि व्यक्तिलाई प्रभाव पारेको छ भने उक्त व्यक्तिको स्वास्थ्य स्थिति नाजुक पनि हुन सक्ने शास्त्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?