सन् २०१९ मा चीनमा थप १६ मुलुकबाट मासु आयात

चीनले आयातको लागि स्रोतहरूलाई विविध मुलुकसँग जोड्नका लागि सन् २०१९ मा थप १६ मुलुकबाट मासु आयात गरेको चीनको सामान्य भन्सार प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार पहिलो एघार महिनामा चीनले कुल ५० लाख ४९ हजार टन मासु आयात गरेको र यो गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो ।

चीनले नोभेम्बरमा मात्र छ लाख ४४ हजार टन मासु मासु आयात गरेको थियो । यो गत वर्षको सोही महिनाको तुलनामा ८२ प्रतिशत बढी हो ।

आयात हुने वस्तुको गुणस्तरीयता र सुरक्षालाई प्रत्याभूत गर्न चिनियाँ भन्सार कार्यालयले परिवहनमा नियन्त्रण र संशोधनको नीति लिएको हो । यसबाट मासुमा आफूलाई एकै देशमा आश्रित नबनाउने नीतिलाई पनि अख्तियार गरेको देखिन्छ ।

विभिन्न मुलुकबाट आयात गर्दा बदलामा चीनले ती मुलुकमा आफ्ना अन्य सामानलाई निर्यात गर्ने र चिनिया सामानको बजार पनि बिस्तार गर्ने नीति लिएको देखिन्छ । चीनले विभिन्न एशियाली तथा अफ्रिकी मुलुकहरूमा आफ्नो आयात तथा निर्यातमा सन्तुलन कायम गर्न पनि यो रणनीति लिएको हो ।

जनवरीदेखि नोभेम्बरसम्ममा भन्सारले विभिन्न कृषिजन्य उत्पादनको चोरी पैठारीका ७४३ घटनाले अनुसन्धान गरेको थियो । यसबाट चीनले चार अर्ब ६३ करोड अमेरिकी डलर बराबर राजस्व चुहावटलाई नियन्त्रण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?