वासिंगटन, ७ माघ । अमेरिकाले झण्डै २ दशकपछि आफ्नो रक्षा नीतिमा परिवर्तनको संकेत दिएको छ रक्षामन्त्री जेम्स माटिसले अमेरिकी सेनाको ध्यान अब चरमपन्थीविरुद्धको लडाईमा भन्दा रुस र चीनजस्ता प्रतिस्पर्धी शक्तिलाई जित्नेतर्फ लगाउनुपर्ने बताए राजधानी वासिंगटनमा रक्षा नीतिमा परिवर्तनको संकेत गर्दै उनले रुस र चीनले अमेरिकी सुरक्षामा गम्भीर खतरा बनाउँदै लगेको टिप्पणी गरे । उनले रुसको हवाला दिँदै कसैले पनि अमेरिकी लोकतान्त्रिक प्रयोगका बारेमा सोच्न नहुने बताए उनले चेतावनी दिँदै भने, ‘यदि कसैले हामीलाई चुनौती दिन्छ भने त्यो उसका लागि सबैभन्दा लामो र दुःखद दिन हुनेछ ।’अमेरिकी रक्षामन्त्रीले संसदसँग सेनालाई पर्याप्त बजेट लिन आग्रह गर्दै सेनालाई केन्द्रीय बजेटमा कटौतीबाट टाढा राख्न आग्रह समेत गरेका छन् अमेरिकाले सन् २००१ को सेप्टेम्बर ११ को हमलापछि करिब २ दशकसम्म आफ्नो पूरा ध्यान आतंकवादविरुद्धको लडाईमा केन्द्रित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया