अनौठो गाउँ जहाँ दिनमा ३ घण्टामात्र सूर्य उदाउँछ

एजेन्सी । विश्वमा केहि यस्ता ठाउँहरु पनि छन् जहाँ सूर्यको प्रकाश देख्न लामो समय प्रतिक्षा गर्नुपर्छ । यस्तै घामको प्रकाश देख्न नै लामो समय कुर्नुपर्ने ठाउँहरुमध्ये रुसको शाखा याकुटियाको ओम्यकान गाउँ पनि एक हो ।

यो गाउँ संसारका सबैभन्दा चिसो ठाउँ मध्येको एक हो । उक्त गाउँमा दिनमा जम्मा ३ घण्टामात्र घामको प्रकाश देख्न सकिन्छ । यो ठाउँमा एउटा बस्ती बस्छ ।

यो गाउँबाट बग्ने नदीहरु वर्षको अधिकांश समय जम्ने गर्छन् । यो गाउँ आर्कटिक सर्किलबाट ३५० किमी टाढा छ । यो गाउँमा जाडो याममा सूर्य दिनमा जम्मा ३ घण्टामाब उदाउँछ ।

यो ठाउँमा जति नै चीसो र जाडो भए पनि प्रत्येक दिन बच्चाहरु स्कुल जाने गर्छन् । यहाँ स्कुलले तब मात्रै बिदा दिन्छ जब तापक्रम माइनस ५२ डिग्री सेल्सियसमा झर्छ । यहाँ ३ लाख मानिसहरु बसोबास गर्ने गर्छन् ।

अहिले यो ठाउँको तापक्रम माइनस ४४ डिग्री मा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?