एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले वर्षको उत्कृष्ट खेलाडी बन्दै ‘ग्लोब सकर अवार्ड’ आफ्नो पोल्टामा पारेका छन् ।
दुबईमा आयोजना गरिएको एक विशेष कार्यक्रममा रोनाल्डोलाई अवार्ड प्रदान गरिएको छ । रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भान डाइकलाई पछि पार्दै अवार्ड हात पारेका हुन ।
रोनाल्डोले लगातार दोस्रो वर्ष यो अवार्ड हात पारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया